अन्तिम खेलसंगै सुदूरपश्चिम पहिलो स्थामा ,सुदूरपश्चिमसँग हारे पनि कर्णाली एनपीएलको प्लेअफमा

मुख्य खबर NFM संवाददाता सोमवार पुस १, २०८१

सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । सुदूरपश्चिमसँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाण्डौ भने लिग चरणबाट बाहिरिएको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । यस्तै ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १/१ विकेट लिए । कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाण्डौ प्लेअफमा पुग्ने समीकरण बनेको थियो ।

योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।

अब पर्सि बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्राे स्थानकाे चितवन र चाैथाे स्थानकाे कर्णाली खेल्दैछन् । याे खेलकाे विजेता दाेस्राे क्वालिफायरमा पुग्नेछ भने हार्ने टाेली बाहिरिनेछ । पर्सि नै दिउँसाे १ बजे शीर्ष स्थानकाे सुदूरपश्चिम र दाेस्राे स्थानकाे जनकपुरबीच खेल हुनेछ । याे खेलकाे विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टाेलीले इलिमिनेटरकाे विजेतासँग दाेस्राे क्वालिफायरमा खेल्नेछ ।

 

Leave a Comment