बुटवलमा जीप दुर्घटना, दम्पतीसहित तीनजनाको मृत्यु

मुख्य खबर NFM संवाददाता शनिबार मंसिर २९, २०८१

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीनजनाको मृत्यु भएको छ ।

 

गएराति उपचारका लागि बिरामी लिएर बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जीपचालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।

 

गौरीलाई  एक्कासि दम बढेपछि उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनु भयो ।

पुल पार गरिसकेपछिको मोडमा जीप दुर्घटना भएको उँहाले बताउनु भयो ।

Leave a Comment