आज ३० औँ काठमाडौं महानगर दिवस : खाना महोत्सवदेखि सांगीतिक प्रस्तुतिसम्म

मुख्य खबर NFM संवाददाता शनिबार मंसिर २९, २०८१

काठमाडौं : काठमाडौं महानगरपालिकाले शनिबार ३० औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने महानगरले जनाएको छ। औपचारिक कार्यक्रम अहिले केही बेरमा शुरु हुनेछ।

बिहान ९ बजेदेखि नै टुँडिखेलमा मौलिक खाना महोत्सव हुनेछ। ‘एक वडा-एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि हुनेछ। विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम पनि छ। सांगीतिक कार्यक्रम दिउँसो ३ बजे शुरु हुनेछ ।

कार्यक्रममा विभिन्न चिर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । १९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डालाई महानगरको संस्थागत जग मानिन्छ।

०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ।

 

Leave a Comment