एनपीएलमा आज : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर २८, २०८१

काठमाडौं ;  नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्।

पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन्। पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौँ स्थानमा छन्।

यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन्। पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ।

एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन्।

जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ।

त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ ।

 

Leave a Comment