अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

मुख्य खबर NFM संवाददाता बुधबार मंसिर २६, २०८१

अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ । यो वर्ष दिवसको अवसरमा दिगो भविष्यका लागि जलवायु अनुकुलन, नवप्रवर्धन र युवामा जोड दिइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपाल पर्वतारोहण संघलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल पर्वतारोहण संघले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा दिवसको अवसरमा पोखरामा ९ औँ पर्वतीय महोत्सव गरिरहेको छ। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा मंसिर २३ देखि जारी महोत्सव बिहीबार सकिँदैछ। शुक्रबार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम रहेको संघले जनाएको छ।

 

 

Leave a Comment