चोभारको कवाडी संकलन केन्द्रमा आगलागी

मुख्य खबर NFM संवाददाता मङ्लबार मंसिर २५, २०८१

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आगलागी भएको छ । मंगलबार बिहान कवाडी संकलन केन्द्रमा आगलागी भएको हो ।

कवाडी संकलन केन्द्र र बंगुरपालन गरिएको ठाउँमा आगलागी भएको र अझै आगो नियन्त्रणमा लिन नसकिएको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताउनु भयो  । आगलागीको जानकारी हुनेबित्तिकै महानगरको टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको उँहाले जानकारी दिनु भयो ।

आगलागी भएको स्थानमा जस्तापाताका टहरा बढी भएका कारण नियन्त्रणमा लिन नसकिएको उँहाले बताउनु भयो  । स्काभेटर मगाएर जस्तापाता  हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उँहाले जानकारी दिनु भयो  ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा लगायत मानिस र निकाय मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।

Leave a Comment