नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन बनायो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देब खनालले ५३ रन बनाए । विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । यस्तै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए ।