उपनिर्वाचनबाट निर्वाचित सप्तरीको डाक्नेश्वरी १ का वडाध्यक्ष पदभार ग्रहण समारोह स्थलबाटै पक्राउ

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर २१, २०८१

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ पर्नु भऐ छ । स्थानीय एक युवतीको हत्या र उँहाको भाइलाई अपहरण समेत गरेको आरोपमा उँहा बिहीवार पक्राउ परेका हुन् ।

डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको थियो  ।

Leave a Comment