भुटानका राजा काठमाडौं आउँदै

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर २१, २०८१

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै हुनुहु्न्छ । उँहा निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लाग्नु भएको हो  । उँहा रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु हुनेछ ।

करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ । भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो । भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ ।

त्यहाँ पूजापाठ गरिसकेपछि उँहा बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । काठमाडौंबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । उँहाको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Comment