बीआरआई को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख छैन : ओली

राजनीति बिहिबार मंसिर २०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकासमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ ।

त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको बताउनुभयो । यस भ्रमणमा आफुले ऋण सम्झौता नगरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताउनुभयो ।

Leave a Comment