काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ ।
बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनु भयो ।
भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा। धनश्याम भूसालले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिनु भयो ।