चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत ग¥यो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराउनु भएको थियो । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नेछन् ।