नेपाल एफएम दुई दशकको यात्रामा : उज्यालो भविश्वका लागि सकारात्मक सञ्चार अभियान सुरु गर्दै

फिचर NFM संवाददाता मङ्लबार मंसिर १८, २०८१

काठमाडौं ।
आज मंसीर १८ गते, नेपाल एफएम ९१.८ नियमित प्रसारमा आएको २० बर्ष पूरा भएको छ । २०६१ साल मङ्सिर १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी नियमित प्रसारणमा आएको नेपाल एफएम, जनआन्दोलन २०६२/०६३ को एक प्रमुख हिस्सेदार सञ्चारमाध्यमको रुपमा स्थापित भएको छ ।

२०६१ माघ १९ गतेको शाहि कदमको चपेटामा परेका नेपालका सवै स्वतन्त्र रेडियोहरुलाई मुक्त गर्ने अभियानमा नेपाल एफएमको प्रमुख भूमिका रहेको छ । शाही सरकारले स्वतन्त्र रेडियोहरुमा समाचार प्रसारणमा प्रतिवन्ध लगाएको बेला त्यसलाई उलंघन गर्दै नेपाल एफएमले २०६२ असार २३ गते विहान ८ बजेदेखि राजधानी खबरको नाममा समाचार प्रसारण शुरु गरेको थियो ।

यसबाट आक्रोशित शाही सरकारले साउन २४ गते नेपाल एफएमको प्रसारण इजाजत रद्ध गरिदिएको थियो ।
लाइसेन्स खारेज गर्ने सरकारी कदमका विरुद्ध नेपाल एफएमका तत्कालिन प्रवन्ध निर्देशक विष्णुहरि ढकालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

इजाजत रद्ध गर्ने सरकारी निर्णय खारेज गरीपाँउ भनी दायर गरिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले नेपाल एफएममाथिको कार्वाही तत्कालका लागि अघि नबढाउनू भनी २०६२ साउन २६ गते सरकारको नाममा अन्तरिम आदेश जारी ग¥यो ।

सर्वोच्चको यो आदेशपछि अन्य रेडियोहरुले पनि क्रमश सरकारी प्रतिवन्धको उलंघन गर्दै समाचार बजाउन शुरु गरे ।
अन्ततः जनआन्दोलनको सफलतासँगै पहिले खारेज गरिएको नेपाल एफएमको प्रसारण इजाजत कायम भयो ।
जनआन्दोलनको सफलतापछि नेपाल एफएम संविधानसभाको चुनाव र गणतन्त्र घोषणाको अभियानमा सक्रिय रुपले लागि प¥यो । संविधान जारी भएपछि नेपाल एफएम त्यसलाई कार्यान्वन गर्ने, राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिको वकालत गर्ने काममा उभिएको छ ।

अध्यक्षको आह्वान

नेपालको अबको यात्रालाई नयाँ प्रविधीसँग जोडेर सकारात्मक सञ्चार केन्द्रित बनाउने अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँले यसको योगदानका साक्षिहरुलाई सहकार्य गर्न पनि आह्वान गर्नु भएको छ ।

के हो नेपाल एफएम ?
नेपाल एफएम नेपालकै पहिलो स्याटेलाइट लाइसेन्स प्राप्त रेडियो नेटवर्क हो । पहिलो विचार र समाचार प्रधान रेडियो पनि हो । शाही शासनपछि बन्द भएको समाचारलाई सुचारु गराउन पहिलो भूमिका खेलेको नेपाल एफएम दुईदशकको यात्रालाई अब सकारात्मक सञ्चारसहित उज्यालो भविश्व बनाउने अभियानको अग्रणी सञ्चार माध्यम बन्ने प्रयास सुरु गरेको छ । दिनभरीका सकारात्मक समाचारको बुलेटिन नै सुरु गरेको छ ।

नेपाल एफएमका प्रमुख विशेषता

पहिलो समाचार र विचारमा आधारित रेडियो नेटवर्क

नेपाल एफएमले मुख्य रूपमा समसामयिक घटनाक्रम, सामाजिक मुद्दा, र विकासका एजेन्डामा केन्द्रित सामग्री उत्पादन र प्रसारण गर्छ।

समावेशी र ग्रामीण केन्द्रित दृष्टिकोण

यसले काठमाडौं(केंद्रित समाचार प्रवृत्तिलाई तोड्दै ग्रामीण क्षेत्रमा प्राथमिकता दिँदै कार्यक्रमहरू प्रसारण गर्ने काम गरेको छ । नेपालमा नेपालीमा मात्रै समाचार दिने परम्परातोड्दै पाँच भाषामा समाचार नै सुरु गरेको थियो ।

समाचार प्रसारण

बिहान ६ बजेदेखि राति १० बजेसम्म समाचार र विचारलाई केन्द्रमा राखेर कार्यक्रम तथा समाचार बुलेटिन प्रशारण भइरहेका छन् । समाचा नकारात्मकतातिर गइरहेको अवस्थामा सकारात्मक सञ्चारका लागि राती ९ बजे दिनभरीका सकारात्मक समाचारलाई समटेर गुड न्यूज विशेष बुलेटिन सुरु गरेको छ ।

रेडियो संवाद र रेडियो टक शोको शुरुआत

नेपाल एफएमले रेडियो संवाद र टक शो जस्ता अवधारणाहरू नेपालमा पहिलो पटक प्रस्तुत गरेको हो । समय समिक्षा पहिलो रेडियो टक शो कार्यक्रम हो । अहिलेसम्म् ७ हजारभन्दा बढी श्रृखला चलिसकेको छ ।

सामाजिक मुद्दामा योगदान

स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, मर्यादित महिनावारी, सुरक्षित आप्रवासन, मानव बेचबिखनविरोधी, र मानव अधिकारजस्ता विविध विषयमा कार्यक्रमहरू उत्पादन गर्दै आएको छ ।

साझेदारी

नेपाल एफएमले सरकारदेखि गैरसरकारी, निजीक्षेत्रसँग लामो समयदेखि सहकार्य गरिरहेको छ। एफएमले UNDP, USAID, UNICFE, SAVE THE CHILDREN, WWF, WFP लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न परियोजनामा काम गरेको छ ।

पहुँच

नेपाल एफएमले स्याटेलाइट प्रविधिको माध्यमबाट ठूलो जनसंख्यालाई रेडियो प्रसारणमार्फत समेटेको छ। विदेशमा रहेका नेपालीले पनि यसलाई अनलाइनमार्फत सुन्न सक्छन्।अहिलेसम्म भएका मुलुकका सबै प्रधानमन्त्री नेपाल एफएमको स्टुडियोमा आएर अन्तर्वातामा सहभागि हुनु भएको छ । नागरिक आन्दोलनको सुरुवात पनि नेपाल एफएममा भएको छलफलबाटै भएको थियो ।

लोकतान्त्रिक आन्दोलनमा योगदान

२०६२/०६३ को जनआन्दोलनमा यसले राज्य दमनको सामना गर्दै पनि जनतालाई अद्यावधिक सूचना दिने काम ग¥यो, जसले ठूलो प्रशंसा पाएको छ । नेपाल एफएमको उद्देश्य सञ्चार माध्यमलाई स्वतन्त्र, गैरपक्षपाती, र समावेशी बनाउँदै देशको विकास र सामाजिक न्यायको अभियानमा योगदान पु¥याउनु रहेको छ ।

नेपाल एफएम आज १९ बर्ष पूरा गरी २० औं बर्षमा प्रबेश गरेको छ । यस अबसरमा समस्त श्रोता, साझेदार रेडियो स्टेशनहरु, अतिथि बक्ता, बिज्ञापनदाता कार्यक्रम प्रायोजकसहित सहयोग पु¥याउनु हुने तपाँई सबैलाई हार्दिक आभार ब्यक्त गर्दछौं । आउँदा दिनमा पनि तपाँईहरुको सहयोग र साथको अपेक्षा राख्दछौं ।

 

Leave a Comment