नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टाएको हो ।
जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एकरएक विकेट लिए ।
त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुईरदुई विकेट लिए ।
कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।