सुनको भाउ एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घट्यो

आर्थिक NFM संवाददाता सोमवार मंसिर १०, २०८१

काठमाडौँ । सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ पनि घटेको हो । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५  प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

Leave a Comment