सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नु भएको छ ।
कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्त्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा शुरु गर्नुपर्नेमा जोड दिनु भयो ।
सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिनु भएको छ । कम्बोडियाका प्रधानमन्त्री मानेटलेसमय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नु भयो ।
सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गर्नु भएको छ । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोगका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भयो ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रमा सम्बोधन गर्नु भएको थियो ।
सभामुख मंगलबार स्वदेश फर्किदै हुनुहुन्छ ।