प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लाग्नुभएको हो ।
छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने तय भएको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।
तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक भएको छैन।