धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा परेका तीनजनाको अन्तर्वार्ता हुँदै

मुख्य खबर NFM संवाददाता आइतवार मंसिर ९, २०८१

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जनासँग आज अन्तर्वार्ता लिइँदै छ। सर्टलिस्टमा  परेका कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई अन्र्तवार्ताका लागि बोलाइएको छ ।

 

अध्यक्ष सिफारिस समितिले उँहाहरूलाई बिहान ८ अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो। गत असोज १८ गते उँहाहरूको अन्तर्वार्ता तय थियो। तर, समितिका संयोजक डाक्टर शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो ।

 

यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरणमा छोटोसूची (सर्टलिस्ट) मा छानेको थियो । तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी हुनु भयो, तर कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै जानुभएन् ।

 

गत पुस २१ यता बोर्ड अध्यक्षविहीन छ । अध्यक्ष नभएकै कारण गत पुसयता प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ ।

 

बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार तीन सय ५६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

 

यसबाहेक ऋणपत्र, हकप्रद, एफपीओलगायत धितोपत्र जारी गर्नका लागि परेको आवेदन जोड्दा प्रक्रियामा रहेका कम्पनी संख्या झन बढ्नेछ ।

Leave a Comment