अब धरहरा चढ्न शुल्क तिर्नुपर्ने

मुख्य खबर NFM संवाददाता शनिबार मंसिर ८, २०८१

सरकारले ९ गतेदेखि सञ्चालनमा आउने धरहरा चढ्न शुल्क तोकेको छ । धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो

। विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।

Leave a Comment