प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपरान्ह ४ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने जनाइएको छ । मंगलबार साँझ बोलाइएको बैठक अचानक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओली आगामी हप्ता चीन जाने चर्चा भएपनि सरकारले यसको औपचारिक घोषणा गरेको छैन । आजको बैठकमा यस बाहेक केही नियुक्ति तथा बढुवाका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ ।