बागलुङको गलकोटका ११ वटै वडामा सडक पुग्यो

मुख्य खबर NFM संवाददाता मङ्लबार मंसिर ४, २०८१

बागलुङको गलकोट नगरपालिकाका ११ वटै वडाका बस्तीसम्म सडक पुगेको छ । अब नयाँ ट्र्याक खोल्न बन्द गरेको भन्दै नगरपालिकाले ती सडकलाई फराकिलो र स्तरीय बनाउन शुरु गरिएको जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलोमिटर ग्रामीण सडक छन् ।

नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएकोमा आफूहरु निर्वाचित भएर आएपछि २२० किलोमिटर बढी सडक निर्माण भइसकेको उनले बताउनुभयो ।

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए। अहिले पालिकाका ११ वटै वडाका सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले जानकारी दिनुभयो ।

Leave a Comment