प्रमुख प्रतिपक्ष दल (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै

मुख्य खबर NFM संवाददाता मङ्लबार मंसिर ४, २०८१

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो । उक्त बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो ।

स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

Leave a Comment