रास्वपा सभापति लामिछानको बयान आज पनि

मुख्य खबर NFM संवाददाता बिहिबार कार्तिक २९, २०८१

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन पनि बयान शुरू भएको छ ।

 

लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा हिजोदेखि लिखित बयान लिन शुरू भएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

अस्ति कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिएको थियो ।

Leave a Comment