कालीकोट – कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट ३ सय मिटर तर भीरमा खसेको थियो ।