काठमाडौं : पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
समितिले आइतबार सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ को अनुसूची– १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने बताइएको छ ।