प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सूचना निकालेर ती कम्पनीरनिर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो । दुई वटा कम्पनीलाई साढे दुई वर्ष, दुई वटालाई दुई वर्ष, तीन वटालाई डेढ वर्ष र अन्य ६ वटा कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।
साढे दुई वर्षसम्मको कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्शनसहित रमिला लामा मुख्य व्यक्ति रहेको एन. बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्शन रहेका छन् ।
उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।