कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।
अनुमति नलिई मुख्यमन्त्रीलाई समेत जानकारी नै नदिई जापान गएको विषय सार्वजनिक भएपछि आज मन्त्री अधिकारीले राजीनामा दिनुभएको हो। मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।
अधिकारीले तिहार विदाको समयमा भएको आफ्नो जापान भ्रमणका क्रममा उठेका केही प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
उहाँ गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान जानुभएको थियो ।
अधिकारी नेकपा एमालेबाट मोरङ क्षत्र नम्बर २ को (ख) बाट निर्वाचित हुनुभएको थियो ।