रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न म्याद थप

Breaking मङ्लबार कार्तिक २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको हो । उक्त म्याद थपको समय कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।

पुर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

Leave a Comment