रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा आउने

मुख्य खबर NFM संवाददाता आइतवार कार्तिक ११, २०८१

रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ । ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पु¥याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध भएको थियो ।  चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माणको काम सकेर भोलिदेखि गाडी चल्ने गरी सञ्चालनमा ल्याउने तयारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । नाका सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसायलाई निरन्तरता दिने काममा ल्हासामा रहेको नेपाली वाणिज्य महादूत नवराज ढकालले सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामानको ढुवानी गर्ने गाडी टिमुरे क्षेत्रमै रहेका पाङसिङको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।

Leave a Comment