काठमाडौंका विभिन्न स्थानमा आज दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा आज केही घन्टा अवरूद्ध हुनेछ। रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदी पुर्व नयांबजार बाट सोह्रखुटे ओरालो हुदैं म्हेपि मन्दिर पुर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। ती ठाउँहरुमा बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौंका विभिन्न स्थानमा आज दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने
