राष्ट्रिय जलवायु सम्मेलन आज काठमाडौंमा हुँदैछ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा होटल ¥याडिसनमा हुने सम्मेलनको बिहान १० बजे वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको छ । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले बताउनु भयो । सम्मेलनले आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउन सहयोग पुग्ने उँहाको भनाइ छ । सम्मेलनको उद्घाटनपछि मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्नेछन्। त्यसपछि जलवायु वित्त, हानि–नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुने ढुंगानाले जानकारी दिनु भयो ।
राष्ट्रिय जलवायु सम्मेलन आज काठमाडौंमा हुँदै
