सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

मुख्य खबर NFM संवाददाता शुक्रबार कार्तिक २, २०८१

काठमाडौं ः राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । सिहंदरबारस्थित समितिको कार्यालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा गृह मन्त्रालयका अधिकारीसँग छलफल हुनेछ । छलफल विपद व्यवस्थापन सम्बन्धमा केन्द्रीत रहने समिति सचिवालयका शाखा अधिकृत गुणमाया सुनुवारले जानकारी दिनु भयो । गत ११ र १२ गतेको वर्षासँगै आएको बाढी पहिरोले देशभर करिब १० हजार परिवार विस्थापित भएका थिए। अहिले पनि अधिकांश पीडितले सार्वजनिकस्थल र आफन्तजनकहाँ आश्रय लिइरहेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड र जोखिम व्यवस्थापन कोषमा एक अर्ब ६० करोड मौज्दातबाहेक जिल्ला–जिल्लामा थप रकम भए पनि पीडितले सहयोग पाउन सकेका छैनन्।

Leave a Comment