गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

मुख्य खबर NFM संवाददाता बिहिबार कार्तिक १, २०८१

काठमाण्डौ – गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दशैँ वैशाख ४ र भानुजयन्ती असार २९ मासमेत बिदा दिएको थियो ।

Leave a Comment