बर्दियास्थित नेपाल-भारत सिमानामा गोली चल्यो, एकजना घाइते

मुख्य खबर NFM संवाददाता सोमवार अशोज २८, २०८१

बर्दियाको सदरमुकाम गुलरिया–८ स्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्। गुलरिया–८ का ४० वर्षीय बलराम लोधमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिनु भयो । डीएसपी मगरका अनुसार लोधको ढाडमा गोलीको छर्रा लागेको छ। अहिले कोहलपुर शिक्षण अस्पतालमा उँहाको उपचार भइरहेको छ। उँहाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय वनकर्मीले चलाएको अनुमान गरेको छ। थप अनुसन्धान भइरहेको डीएसपी मगरले जानकारी दिनु भयो ।

Leave a Comment