दोलखा ः दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना भन्दाबढी घाइते भइएका छन् ।
काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।
प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।