‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ नाराका साथ सोमबार ४४ औँ विश्व खाद्य दिवस मनाइँदैछ । बिहान प्रभातफेरी गरी कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा दिवसको मूल समारोह आयोजना गर्ने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ। तर अक्टोबर १६ अर्थात् असोज ३० का दिन दशैँ परेका कारण असोज २१ गते नै मनाउन लागिएको विभागले जनाएको छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको २० औँ साधारण सभाले संठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आएको हो।