काठमाडौँ । सडक भासिएपछि अवरुद्ध बनेको पूर्व (पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ । असोज १४ गते सडक भासिएर बन्द भएको सडक गत शुक्रबारदेखि एकतर्फी खुलेको थियो । थप मर्मत सम्भारपछि आजदेखि सडक दुईतर्फी खुलाइएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार आज बिहान ११ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । तर , सडक भासिने जोखिम भने कायमै रहेकाले ठूला र भारबहन बढी भएका सवारीलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । भासिएको ठाउँमा माटो र ढु्ंगाले भरेर सवारी संचालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट (४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि असोज १४ गतेदेखि दाउन्ने खण्डमा सहजरुपले यातायात संचालन हुन कठिनाइ आउँदै गरेको छ । पानी पर्नासाथ सडक भासिने समस्या दोहोरिएको छ ।
दाउन्नेमा दुईतर्फी सवारी संचालन
