प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

मुख्य खबर NFM संवाददाता आइतवार अशोज २०, २०८१

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनु भएको छ ।   आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नु भएको हो । असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त  गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Comment