चितवनको टोपेखोलामा २ वटा गाडीमा ढुंगा खस्यो, ५ यात्रु घाइते

मुख्य खबर NFM संवाददाता आइतवार अशोज २०, २०८१

नारायणगढ– मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा हिजो राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ । एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुंगाले लागेका दुवै गाडी आ(आफ्नो गन्तव्यतर्फ गइसकेको बताउनुभयो । काठमाडौंबाट बर्दियाका लागि छुटेकोे ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढका लागि छुटेको बा प्र ०६(००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि हिजो राति सवा आठ बजेतिर ढुंगा खसेको थियो। ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँचजना यात्रु घाइते भएका छन्।मााइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ ।  यसैबीच हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

Leave a Comment