पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु

मुख्य खबर NFM संवाददाता शुक्रबार अशोज १८, २०८१

बडादसैँको अवसरमा पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताउनुभयो । उहाँले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्रा गरिएको थियो। उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो। प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकीर्तन गरिनेछ ।

Leave a Comment