हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

मुख्य खबर NFM संवाददाता शनिबार अशोज १२, २०८१

सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो । बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने, राहत र उद्धारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ ।

Leave a Comment