काठमाडौं ः भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित भएको छ ।
भिडिजबिलिटी कम हुँदा अधिकांस विमानको उडान तालिका प्रभावित भएको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन् । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने उडान अवतरण सामान्य छ । अन्तर्राष्ट्रिय उडान अवतरण भने सामान्य रुपमा भइरहेको छ । आज वर्षाकै कारण कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।
भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित
