बागमती प्रदेश सरकारद्धारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मुख्य खबर NFM संवाददाता आइतवार अशोज ६, २०८१

काठमाडौँ । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र थपलिया तथा सांसदहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री लामाले नागरिकको आकांक्षा र महत्वकांक्षालाई समेट्ने गरी सरकार अघि बढेको बताउनुभयो । सरकारले न्यूनतम साझा कार्यक्रमले विकास निर्माण र नागरिकको आवश्यकतालाई समेट्ने काम गरेको उहाँको भनाइ छ । प्रदेश सरकारले आवश्यकताको आधारमा विकास र सुशासनका कामलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो ।
एमाले दलका नेता थपलियाले प्रदेशका नागरिकहरूको आकांक्षा सम्बोधन गर्न सरकारले प्रयत्न गरेको धारणा राख्नुभयो । संविधानको कमी कमजोरी सुधार गर्नेगरी सङ्घीय सरकार अघि बढेको र सोहीअनुसार प्रदेश सरकारले समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Comment