आजदेखि धरहरा खुल्ने,निः शुल्क चढ्न पाइने

मुख्य खबर NFM संवाददाता बिहिबार अशोज ३, २०८१

आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ ।   dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ । तर यो वेबसाइट बन्न बाँकी भएकाले आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ । एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउने इकाइका आयोजना निर्देशक अधिकारीले जानकारी दिनुभयो । त्यसबाहेक थप एक सय जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरू चढन् पाउनेछन् । अधिकारीका अनुसार एक पटकमा आठदेखि १० जनासम्मले पालैपालो धरहरा चढ्न पाउने व्यवस्था मिलाइएको छ । धरहराको माथि बार्दलीबाट बढीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

Leave a Comment