प्रदेश संरचना हटाउन नसकिने काँग्रेस सभापति देउवाको जिकिर

मुख्य खबर NFM संवाददाता मङ्लबार अशोज १, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन सकिने अवस्था नरहेको बताउनुभएको छ । आज काठमाडौँमा एक कार्यक्रममा उहाँले प्रदेश संरचना बनी सकेकाले यसलाई हटाउन सकिने अवस्था नरहेको बताउनुभयो । अहिलेको अवस्थामा प्रदेश संरचनालाई प्रभावकारी र उत्तरदायी बनाउने पर्नेमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । सभापति देउवाले प्रजातन्त्रलाई अझ मजबुन बनाउनको लागि संविधानमा सुधार हुने जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको खिलाफमा नभएको बताउनुभयो ।

Leave a Comment