लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक आज बस्दै

लुम्बिनी NFM संवाददाता सोमवार भदौ ३१, २०८१

लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०÷०८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले बताउनुभयो । बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस हुने छ। स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफसहित मन्तव्य राख्ने कार्यसूची पनि रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।

Leave a Comment