कैलालीमा बाढीको जोखिममा परेका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

मुख्य खबर NFM संवाददाता शनिबार भदौ २९, २०८१

कैलालीमा बाढीको जोखिममा परेका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई  सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीका पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३  अन्तर्गतका स्थान डुबानमा परेका उहाँले बताए । सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४ का ९४ जनालाई जानकी गाउँपालिका–७ फरेलामा र चार सय जनालाई टिकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको छ । जिल्लामा छ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुई जना घाइते भएका छन् ।

Leave a Comment