पाँचथर बम विस्फोटका घाइतेको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

मुख्य खबर NFM संवाददाता मङ्लबार भदौ २५, २०८१

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५÷५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Leave a Comment