काठमाडौँ । तीन महिनादेखि प्रतिकूल मौसमका कारण बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडान सुरु भएको छ । आजदेखि नेपाल वायु सेवा निगमले सुकेटारमा पुनः उडान सुरु गरेको निगमको स्टेसन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले बताउनुभयो । यसअघि नै निगमले उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमका कारण उडान हुन सकिरहेको थिएन । अहिलेलाई हप्तामा एक दिन मात्र निगमले उडान गर्ने तालिका राखेको छ । बर्खा याम सुरु भएपछि गत जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । उडान सुरु भएपछि दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसममा यात्रु र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलबाट तीन महिनापछि पुनः उडान सुरु
![](https://nfmnews.com/wp-content/uploads/2024/09/Jahaj-NAC-Taplejung1.jpg)