कत्था उत्पादकहरूको छाता संगठन नेपाल कत्था उत्पादक संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओमप्रकाश अग्रवाल निर्वाचित हुनुभयो ।
देशभर छरिएर रहेका कत्था उत्पादकहरूको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरू आवद्ध छन् ।
वस्तु निकासीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौंलाई रोजगारी प्रदान गरिरहेको छ ।
गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १।४ प्रतिशत योगदान रहेको छ ।